५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रभु क्यापिटलका ग्राहकलाई रिदम ट्राभल्समा छुट

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्सबीच तीन वर्षका लागि सम्झौता भएको हो।

क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले टुर्स एन्ड ट्राभल्सले दिने सेवामा छुट पाउनेछन्। यसैअन्तर्गत लाजिम्पाटमा रहेको आन्तरिक माउन्टेन फ्लाइट बुकिङमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाइटहरूमा १० प्रतिशत छुट अफर पाउने भएका छन्।

प्रकाशित: ९ पुस २०८० ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App