६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

होन्डा डियो १२५ को बिक्री सुरु

होन्डाको नेपालस्थित अधिकृत बिक्रेता स्याकार ट्रेडिङले अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरू र थप ‘पावर’ले भरपुर होन्डा डियो १२५ स्कुटर बिक्री वितरण सुरु गरेको छ।

पछिल्लो संस्करण होन्डा डियो १२५ मा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नवीन विशेषताहरू रहेको कम्पनीले जनाएको छ।

साथै, ‘स्मार्ट’ चाबीले ‘अनलक’ र ’स्टार्ट’ हुने, ‘साइड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पिजिएम-एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरू उपलब्ध रहेको कम्पनीले बताएको छ।

यसबाहेक स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री एसिजी प्रविधि पनि जडित रहेको जनाएको छ। कम्पनीका अधिकारिक विक्रेताहरूकहाँ उपलब्ध क्युआर कोड स्क्यान गरी सीमित समयका लागि दुई लाख ९९ हजार नौ सयमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ पुस २०८० ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App