१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

डिजिटल कारोबार उत्साहजनक

नेपालमा डिजिटल कारोबार र क्युआरकोड भुक्तानी सर्वसाधारणको मुख्य रोजाइ बनिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले पनि पछिल्लो समय सर्वसाधारणको रोजाइमा डिजिटल कारोबार तथा भुक्तानी पर्न थालेको देखाएको छ।

पछिल्लो समय संघीय राजधानी सहर काठमाडौंमा मात्रै होइन, ग्रामीण भेगमा रहेका चियापसलदेखि अन्य पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानी हुन थालेको छ।

काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला–ठूला सपिङ मलमा मात्रै होइन् सामान्य खालमा पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ। पछिल्ला समयमा क्युआरकोड अर्थात् ‘क्विक रेस्पोन्स पेमेन्ट’ सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ ।  

राष्ट्र बैंकका अनुसार २०१९–२० जुन–जुलाईमा क्युआर कोड सुरु नै भएको थिएन। सन् २०२०÷२१ जुन–जुलाईमा क्युआर कोडबाट कारोबार सुरुवात भएको थियो। सो वर्ष आठ लाख ५५ हजार पाँच सय ६६ वटा कारोबार भएको थियो।

सो अवधिमा तीन अर्ब ६५ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। क्युआरकोडमार्फत कारोबार सुरु भएको तीन वर्ष वर्षकै अवधिमा क्युआर कोडमार्फत हुने कारोबार र भुक्तानी रकममा उल्लेखनीय रूपमा वृद्धि  भएको छ।  

राष्ट्र बैंकका अनुसार सन् २०२३ को अक्टोबर– नोभेम्बरमा क्युआर कोडमार्फत ८७ लाख २९ हजार नौ सय ३९ वटा कारोबार भएको थियो। सो महिनामा ३२ अर्ब एक करोड ७० लाख रूपैयाँको कारोबार क्युआर कोड मार्फत भुक्तानी भएको छ।

राष्ट्र बैंकका अनुसार सन्२०२३-२४ को सेप्टेम्बर–अक्टोबरमा सबैभन्दा बढी अर्थात् एक करोड १८ लाख ८३ हजार एक सय वटा कारोबार क्युआर कोडमार्फत भुक्तानी भएको छ। सो अवधिमा ३६ अर्ब २१ करोड रूपैयाँ क्युआर कोडमार्फत भुक्तानी भएको छ। त्यसैगरी सन् २०२१-२२ को जुन–जुलाईमा भने क्युआर कोड मार्फत ४२ लाख ८१ हजार नौ सय ९४ वटा कारोबार भएको थियो।  

सोही समयमा १४ अर्ब ५२ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। त्यसैगरी २०२२-२३ को सेप्टेम्बर-अक्टोबर महिनामा ४७ लाख ७० हजार कारोबार भएको थियो।

प्रकाशित: २ पुस २०८० ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App