१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गभर्नेन्स ल्याबको ‘राष्ट्रिय गोष्ठी’ सम्पन्न

गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सम्पन्न गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुंगाहरू पार गरेको पृष्ठभूमिमा आयोजित यस गोष्ठीले नेपालको सघीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो।

दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायहरूको सहभागिता रहेको थियो।

‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ शीर्षकको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्व र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए। उनीहरूले नेपालमा समावेशी र सहकार्यमूलक शासनका लागि नयाँ सम्भावनाहरूमा हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २९ मंसिर २०८० ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App