१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर गरी जम्मा नौ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरूलाई बोनस सेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रूपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रूपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रूपैयाँ ८७ लाख पुग्ने बैंकले जनाएको छ।

यस्तै साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

प्रकाशित: २९ मंसिर २०८० ००:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App