२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयरबजारमा आएको उछालको वेग रोकियो,१५ अंकले करेक्सन

साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन  सकेन।आइतबारतीनपटकसम्म  सकारात्मक सर्किट ब्रेक लागेर स्थगित भएको सेयरको वेग आज सोमबार भने रोकिएको छ।आज दिनभरजसो नेप्सेपरिसूचकमा उतारचढाव हुदैँ १५.४० अंकले करेक्सन हुदैँ १९४८.५७ विन्दुमा झरेको छ ।

आज अल्पकालिन लगानीकर्ताले नाफाबुक गर्न खोज्दा नेप्सेपरिसूचक ओरालो लागेको हो । सोमबार  एक करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भयो।  

कारोबार रकमको आधारमा भने सोमबार उच्च रकमको सेयर कारोबार भयो । आइतबार भने ४८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।  

सोमबार १५७ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढेको थियो। तिन कम्पनीको सेयर स्थिर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो।सेन्सेटिभ सूचक ४.३३ अंकले घट्यो । फ्लोट सूचक १.०९ अंक र सेन्सेटि फ्लोट सुचक पनि १.५२ अंकले घट्यो ।नेप्सेका १३ उपसूचकमध्ये  ९ उपसूचक घट्यो भने चार उपसूचक बढ्यो।सोमबार सबैभन्दा धेरै घट्ने उपसूचकमा विकास बैंकतर्फ रह्यो। 

सो उपसूचक ८०.६९ अंकले घट्यो।त्यसैगरी जीवनबीमातर्फको उपसूचक ७९.७५ अंकले घट्यो। होटल तथा पर्यटनतर्फको उपसूचक ७६.१० अंकले घट्यो।सोमबार बढ्ने उपसूचकमा निर्जीवनबीमातर्फ रह्यो।सो उपसूचक १४६।३६ अंकले बढ्यो।त्यसैगरी माइक्रोफाइनान्सतर्फको उपसूचक १५.४६ अंक र उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि १३.४३ अंकले घट्यो। सोमबार १० प्रतिशतको दरले सेयर बढ्ने कम्पनीमा तीन वटा कम्पनी रह्यो।जसमा बोटलर्स नेपाल लिमिटेड, सामुदायिक लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। 

सोमबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा समता घरेलु लघुवित्त कम्पनी रह्यो।सो कम्पनीको सेयर ७.१५ प्रतिशतले घट्यो । मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर पनि ५.८७ प्रतिशत र स्वाभिमान लघुवित्त कम्पनीको सेयर पनि ५.८७ प्रतिशतले घट्यो।साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक १११.२० अंकले बढेर उछाल आएको थियो।सो दिन नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेको थियो।आइतबार १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ दुई सय ३९ रुपैयाँको सेयर कारोबार भयो।आइतबार २२७ कम्पनीको सेयर बढ्यो भने दुई कम्पनीको सेयर घट्यो । एक कम्पनीको सेयर स्थिर रह्यो।

प्रकाशित: २५ मंसिर २०८० ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App