१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुन गाल्ने कारखानाबाट झण्डै आठकिलो सुन बरामद

फाइल तस्बिर

अवैध सुनको कारोबार गरेको आरोपमा पक्राउ परेका न्युरोडस्थित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेसँग प्रहरीले झण्डै आठ किलो सुन बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रविन्द्र रेग्मीका अनुसार पाण्डेसँगै उनले सञ्चालन गरेको अवैध कारखानाबाट ७ किलो ८०० ग्राम सुन बरामद भएको हो। सुनसँगै केही कागजात पनि नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए।

व्यवसायी पाण्डेले तस्करीको सुन गालेर गहना बनाइ बेचविखन गरिरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो राति छापा मारेको थियो। बरामद भएको सुनको आधिकारिकता र आरोपबारे थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।  

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्रिरहेका घटनाहरू बाहिरिएका थिए। साउन ३ गते मात्रै विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ६० किलोभन्दा बढी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यसअघि इलेक्ट्रिक सिगरेट(भेप)मा लुकाएर ल्याएको नौ किलो सुन प्रकरण पनि सार्वजनिक भएको छ। उक्त घटनामा संलग्नताको आरोपमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन्।

यसरी विभिन्न बहानामा भिœयाइएको अवैध सुन नेपालमा गालेर गहना बनाइ भारत पठाउने गरेको प्रमाण प्रहरीले फेला पारेका छन् ।

प्रकाशित: २० मंसिर २०८० ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App