१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुन गाल्ने कारखानामा छापा, एक पक्राउ

प्रहरीले काठमाडौँको न्युरोडस्थित एक सुन गाल्ने कारखानामा छापा मारेर सञ्चालकलाई पक्राउ  गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ।

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गरेका छन् । उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको राससलाई जानकारी दिए।

सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन। बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए। अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८० ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App