७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई छुट

प्रभु क्यापिटल र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीच व्यावसायिक सम्झौता भएको छ। क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट अफर पाउने भएका छन्। यसै क्रममा सो अफरबाट लाभ लिन क्यापिटलका हितग्राही ग्राहकले क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आइडी कार्ड प्रस्तुत गर्नुपर्ने र सोही आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ।

अफर क्यापिटलका हितग्राही ग्राहकले सम्झौता अवधिदेखि आगामी दुई वर्षसम्मका लागि इम्पेक्सको सम्पूर्ण शाखाहरूबाट प्राप्त हुनेछ।

प्रकाशित: १८ मंसिर २०८० ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App