७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

यात्रु छाडेकोमा नेपाल एयरलाइन्सद्वारा क्षमा याचना

प्रधानमन्त्री पुष्पकमल दाहाल निर्धारित समय भन्दा पहिला जानुपर्ने भएको कारण जनाउँदै टिकट काटेका ३१ यात्रुलाई छाडेर दुबई उडान गरेकोमा नेपाल एयरलाइन्सले क्षमा मागेको छ।

टिकट काटिसकेका यात्रुलाई नलिई गएको भन्दै चौतर्फी आलोचना भएपछि एयरलाइन्सले बिहीबार विज्ञप्ति प्रकाशित गरी यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरण गर्न केके गरियो, जिम्मेवारी निर्वाह भयो भएन भनेर आन्तरिक रूपमा छानबिन गर्न सम्बन्धित पक्षलाई आवश्यक कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।

दुई सय ७४ यात्रुमध्ये केही छुटेकोमा अर्को उडानबाट गन्तव्यमा पुर्‍याएको पनि एयरलाइन्सले जनाएको छ। बुधबार राति साढे ११ बजे उड्ने भनेको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ को फ्लाइट यात्रु छाडेर दुई घण्टा अघि उडेपछि चर्को आलोचना भएको थियो। छुटेका ३१ यात्रुलाई बिहीबार बेलुका नेपाल एयरलाइन्सको फ्लाइटबाट दुबई पठाएको छ।

प्रकाशित: १५ मंसिर २०८० ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App