३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेञ्ज मेला’ आयोजना गर्न लागेको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने कम्पनीले बताएको छ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि र चाहनालाई मध्यनजर गर्दै मेला आयोजना गरिएको कम्पनीले जनाएको छ।

मेला मंसिर १५ देखि १७ गतेसम्म टाटा मोटर्सको सोरुम थापाथली र सल्लाघारी भक्तपुरमा आयोजना गर्न लागिएको हो।

म्याक्स चेञ्ज मेलामा निःशुल्क इभी गाडीहरूका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ। साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार र अन्य सुविधाहरू रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८० ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App