६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यमा

नेपाली बजारमा सुनको भाउ आकासिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ।यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।यो हप्ता सुनको भाउ निरन्तर उकालो लागेको छ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ।हिजो मंगलबार एक तोला सुनको मूल्य १ लाख १७ हजार ७ सय रुपैयाँ थियो।सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँ बढेको थियो।आइतबारदेखि बुधबारसम्म आइपुग्दा सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेको महासंघले जनाएको छ ।

सुनमात्र नभएर चाँदीको मूल्य पनि बढेको छ बुधबार चाँदी तोलाको १५ सय २० रुपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको कारण नेपालमा पनि बढेको हो।

प्रकाशित: १३ मंसिर २०८० ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App