१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आँधी खोला महोत्सव गर्दै

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आँधी खोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ।

कमर्सले कृषि,पर्यटन,उद्योग र व्यवसाय विकास हाम्रो शान,दोस्रो स्याङ्जा आधि खोला अभियान भन्ने नारासहित स्याङ्जाको पुतलीबजार खेल मैदान पौष १९ गतेदेखि माघ २ गतेसम्म मेला आयोजना हुन लागेको हो। कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मेला आयोजना हुन लागेको स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले बताए।

उनले महोत्सवले स्याङ्जाको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित हुने अपेक्षा रहेको बताए। उनले स्याङ्जाको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी,सूचना प्रविधिको प्रदर्शनी,आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन,संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको बताउनु भयो। उहाँले महोत्सवमा २०० स्टलहरू रहने बताए। उनले महोत्सवमा ३ लखा भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको बताए।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने,उत्पादित वस्तुको बजार प्रवद्र्धन एकै थलोबाट गराउँदै गुणस्तरको पहिचान गराउँदै उपभोक्ता सम्म पुर्‍याउने रहेको छ। महाेत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक ज्ञान,उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ। त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्नेछ। मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ। 

प्रकाशित: १२ मंसिर २०८० १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App