७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्य ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्यो

नेपाल सुन चाँदी व्यावसायी महासङ्घले आइतवार सुन र चाँदीको मूल्य तोलामा क्रमशः ६ सय र ३५ रुपैयाँले बढेको बताएको छ।

महासङ्घकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर आइतवार कारोबार भइरहेको छ।

आइतवारका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

यसअघि शुक्रवार छापावाल सुन एक लाख १६ हजार ३ सय रुपैयाँ, तेजावी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदी एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १० मंसिर २०८० ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App