१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भ्रमण वर्ष प्रचारका लागि अन्तरक्रिया

भरतपुर भ्रमण वर्ष – २०२४ मनाउन सरोकारवाला लागि परेका छन्। यस क्रममा भ्रमण वर्षको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्डमा अन्तरक्रिया कार्यक्रम भएको छ।  कार्यक्रममा पर्यटन सम्बद्ध व्यक्तिहरुले पर्यटन र समग्र अर्थतन्त्रको चलायमान बनाउन भरतपुर भ्रमण वर्षको भूमिका हुने बताएका छन्।

कार्यक्रममा भरतपुर भ्रमण वर्ष ले देशमा पर्यटकीय माहौल सृजना गर्ने सरोकारवालाले बताएका हुन्। यस्तै संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले सुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रूपले साथ दिने बताइन्। अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले आर्थिक र नैतिक हिसाबले साथ दिने उनले बताइन्।

यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले भरतपुर भ्रमण वर्षकै अवसरमा मेघौलीमा हात्तपोलो सुरु गर्न पहल गर्ने बताए। डा रेग्मीले अन्तर्राष्ट्रिय जङ्गल सफारी मार्ट पर्यटन बोर्डकै नेतृत्वमा गर्ने तयारी गरेको जानकारी दिए। उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटेल सञ्चालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए। 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाका महासचिव कुमार थपलिया र उद्योग वाणिज्य महासङ्घ पर्यटन समिति संयोजक अशोक गुँरागाईले भरतपुर भौगोलिक रुपमा पनि मध्य भागमा रहेकोले  भ्रमण बर्ष सुस्ताएको पर्यटन उकास्नको लागि कोशे ढुङ्गा साबित हुने बताए।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण बर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्‍याउने भएकोले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए। उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रिय स्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति लिएको उल्लेख सबै पक्षलाई भरतपुरमा कार्यक्रम गर्न आव्हान गरे।

भरतपुर महानगरले विशेष समारोहको आयोजना गरी अब छिट्टै भरतपुर भ्रमण वर्ष २०२४ को विधिवत सुरु गर्ने भएको हो।

प्रकाशित: ६ मंसिर २०८० १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App