२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारले किसानबाट पौने २ अर्बको धान खरिद गर्ने

सरकारले किसानबाट करिब पौने दुई अर्ब रुपैयाँको धान खरिद गर्ने भएको छ। किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ५ हजार मेट्रिक टन धान खरिद गर्न लागेको छ।

धान खरिदका लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन्। कम्पनीले धान खरिद सुरु गरिसकेको छ।  बर्दिया राजापुर, धनगढी, महेन्द्रनगरमा धान खरिद सुरु भएको प्रवक्ता सुवेदीले बताइन्। उनका अनुसार राजापुरमा ८ सय ५४ मेट्रिक टन, धनगढीमा ५ सय ५१ मेट्रिक टन र महेन्द्रनगरमा १ सय ६४ मेट्रिक टन धान खरिद गरिएको छ। ‘कम्पनीका डिपोमा धान खरिद गर्ने व्यवस्था मिलाएका छौँ,’ सुवेदीले भनिन्, ‘बुधबारदेखि नेपालगन्जमा पनि सुरु गरेका छौँ।’

बिर्तामोडबाट ३५ सय, बिराटनगरमा ४ हजार, लहानमा ४५ सय, जनकपुरमा ५५ सय, वीरगन्जमा ५५ सय, भैरहवा २ हजार, नेपालगन्जमा ७ हजार, बर्दिया राजापुरमा ९ हजार, धनगढीमा ८ हजार, महेन्द्रनगरमा १५ सय, जुम्लामा मार्सी धान २ सय मेट्रिक टन खरिद गर्ने कम्पनीले जनाएको छ।

किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्नका लागि धान खरिद गर्न लागिको प्रवक्ता न्यैपानेले बताइन्। ‘सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गर्छौं,’ उनले भनिन्, ‘किसानलाई राहत भएको छ।’ सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको मूल्य क्विन्टलको ३ हजार ३ सय ६२रुपैयाँ निर्धारण गरेको छ।

सरकारले गत वर्ष १३ हजार चार सय ९४ मेट्रिक टन मात्र धान खरिद गरेको थियो। कम्पनीले यो धानलाई चामल बनाएर दुर्गम जिल्लामा पठाउँछ। यो वर्ष करिब १८ हजार ८ सय मेट्रिक टन चामल विक्री गर्ने योजना बनाएको छ।

प्रकाशित: ६ मंसिर २०८० ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App