४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साइमेक्स इंकले गर्‍यो भूकम्प प्रभावितलाई सहयोग

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको अधिकृत वितरक साइमेक्स इंकले भूकम्प प्रभावित समुदायहरूका लागि सहयोग गरेको छ। जसअन्तर्गत हरेक बिवाइडी डल्फिन बुक गरेमा १० हजार रूपैयाँ र बिवाइडी अटो थ्री बुक गरेमा २० हजार रूपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ। यो योजना मङ्सिर २३ गतेसम्म लागु हुनेछ।

सो बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकको नाम कम्पनीको सोसल मिडिया प्लेटफर्म र दैनिक पत्रिकामा प्रकाशित गरेर सहयोगको कदर गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८० ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App