सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रूपैयाँको ४.२१ प्रतिशतका दरले हुने ५९ करोड ३१ लाख ८८ हजार रूपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।
प्रकाशित: ६ मंसिर २०८० ०२:०३ बुधबार