७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एमपिएलको उपाधि चिताह चेजर्स र फायर फाइटर्सलाई

महेश्वरी प्रिमियर लिग (एमपिएल) क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेको छ। सावित्री कञ्चनजंगा अगरबत्तीसँगको सहकार्यमा सो क्रिकेट प्रतियोेगिता आयोजना गरिएको थियो।

काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा भएको प्रतियोगिताको पहिलो सिजनको फाइनल खेलमा पुरुषतर्फ चिताह चेजर्सले २३ रनले उपाधि पक्का गरेको हो।

गोल्डेन इगल्सविरुद्ध पहिले ब्याटिङ गरेको चिताह चेजर्सले १६ ओभर खेल्दै ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। १५४ रनको विजयी लक्ष्य पछ्याउन आएको गोल्डेन इगल्सले १५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १३० रन मात्र बनाएका थिए।

यसैगरी एमपिएलको महिलातर्फ उपाधि फायर फाइटर्सले ३८ रनले जितेको छ। फाइनलमा गेम चेन्जरविरुद्ध मैदान उत्रिएको फायर फाइटर्सले पहिला ब्याटिङ गर्दै १० ओभरमा तीन विकेट गुमाउँदै ८२ रन बनाएको थियो। ८३ रनको विजयी लक्ष्य पछ्याएको गेम चेन्जरले १० ओभरमा पाँच विकेट गुमाएर ४४ रन मात्र बनाउन सक्यो।

पहिलो पटक एमपिएल क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल)को फर्म्याट्मा खेलाइएको थियो। जहाँ पुरुषतर्फ पाँच र महिलातर्फ चार टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ १३ खेल र महिलातर्फ सात खेलहरू भएका थिए।

प्रकाशित: ६ मंसिर २०८० ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App