१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

वर्ल्ड लिंकलाई अवार्ड

वर्ल्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाएको छ। एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एओसिओ) ले दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई सो अवार्ड प्रदान गरेको हो।

एओसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए। देशका कर्णाली लगायत विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउन महत्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई यो अवार्डद्वारा सम्मानित गरिएको हो।

प्रकाशित: ४ मंसिर २०८० ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App