९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशी मुद्राको सञ्चिती १६ सय ४३ अर्ब पुग्यो

मुलुकमा विदेशी विनिमय सञ्चितिमा क्रमशः सुधार हुँदै आएको छ। विगतमा विदेशी मुद्रा सञ्चितिमा भारी गिरावट आए पछि सरकारले केही वस्तुको आयातमा समेत रोक लगाएको थियो।

अर्थतन्त्रका बाह्य सूचकमा सुधारसँगै चालु आवको असोज मसान्तमा विदेशी मुद्राको सञ्चिति १६ सय ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भएको हो । २०८० असार मसान्तमा १५ सय ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ३३ करोड पुगेको छ । असार मसान्तमा डलर ११ अर्ब ७१ करोड रहेको थियो । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ सय ९३ अर्ब ५९ करोड रहेकोमा असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई .२ सय ९ अर्ब ७३ करोड कायम भएको छ।

प्रकाशित: २४ कार्तिक २०८० १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App