२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन उपाध्यक्षमा पोखरेल

नेपालका ऊर्जा उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए)को उपाध्यक्षमा निर्वाचित भएका छन्। पोखरेल एसोसिएसनको सन् २०२३–२५ को लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।

कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ का क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो।

दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण पनि उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको थियो। उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन्।

प्रकाशित: २४ कार्तिक २०८० ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App