२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसी एसिया क्यापिटलको विश्व लगानीकर्ता सप्ताह

एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा क्यापिटलले लगानीकर्ता तथा सर्वसाधारणलाई साक्षर र सुसूचित गराउने मुख्य उद्देश्यका साथ विभिन्न जानकारीमूलक समाग्री अर्थात भिडियो सन्देश सार्वजनिक गरेको छ।

जानकारीमूलक भिडियोमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने कुरा, सर्वसाधारणमा निष्कासन गरेको सेयर बाँडफाँट प्रक्रिया, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ भन्ने विषय रहेको छ।

द्वितीय चरणमा प्रवेश गर्न सफल आठ टोली असोज २१ गते आइतवारका दिन हुने सेमिफाइनलमा प्रतिस्पर्धा गरी विजय हुन सफल चार टोलीलाई सोही दिन हुने अन्तिम चरणको प्रतिस्पर्धाका लागि सामेल हुनेछन्। विजयी टोलीलाई आयोजकका तर्फवाट प्रथम पुरस्कार बापत एक लाख रूपैयाँ, द्वितीय पुरस्कार ५० हजार रूपैयाँ र तृतीय पुरस्कार २५ हजार रूपैयाँ प्रदान गरिने जनाइएको छ।

समारोहको अन्तिम दिन असोज २१ गते हाजिरी जवाफ कार्यक्रम समाप्त भएपछि नेपाल धितोपत्र बोर्ड तथा आयोजक संस्था एम वानबाट संयुक्त रूपमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०८० ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App