२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुँदैन: पूर्व अर्थमन्त्री पौडेल

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरु । तस्बिर :रासस

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताएका छन्।

आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले यस्तो कुरा बताएका हुन।उनले  मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताए।उनले अर्थतन्त्रको समग्र शल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रबन्ध सरकारले गर्न सक्नुपर्ने बताए।पूर्व अर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताए।

उनले मुलुकको अर्थतन्त्र र समितिमा अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक अवस्था मेल नखाएको बताए।उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आए पनि अर्थ मन्त्रालयले मन्दिको अवस्थालाई  स्वीकार गर्न नसकेको बताए।पूर्व अर्थमन्त्री पौडेलले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताए।पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाए।

उनले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गरे।उनले अर्थतन्त्रमा देखिएका समस्या,चुनौती र कठिनाईहरु सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरू हुन नसक्ने बताए।उनले बजारमा मागमा कमी आएको र धेरै उद्योगहरू ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गरे।

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताए।उनले राजश्व सरकारको साधारण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गरे। उनले राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताए ।

प्रकाशित: १६ आश्विन २०८० १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App