६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘डिजिटलको हर्ष, उपहारको वर्षा’ योजना

डिजिटल पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना ल्याएको छ।

उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई, दोस्रो पुरस्कार ३२ इन्चको एलइडी टिभी दुई जनालाई र तेस्रो पुरस्कारका रूपमा तीन जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै सान्त्वना पुरस्कारका रूपमा १५ जनालाई भित्ते घडी र बम्पर उपहारअन्तर्गत एक जनालाई नगद एक लाख रूपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए।

कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्ट्स, आल्मुनियम पेन्टस तथा इमल्सन पेन्ट्स उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। स्वदेशी उत्पादन र स्वदेशी लगानीबाट नै गुणस्तरीय रङ उत्पादन सम्भव छ भन्दै अघि बढेको कम्पनीले छोटो समयमा कोसी प्रदेशमा निकै राम्रो फड्को मारेको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App