१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल वेयरहाउजिङ कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो कम्पनीले धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि सय रूपैयाँ दरका प्रारम्भिक सार्वजनिक सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

कम्पनीले १३ लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीका अनुसार पहिलो चरणमा निष्कासनको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसेर रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याई बाँकी रहेको सेयर सर्वसाधारणको लागि निष्कासन गर्नेछ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको जनाएको छ।

कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरूको लागत १६२.७५ करोड रूपैयाँ रहेकोमा सो लगानीमध्ये ९४ करोड रूपैयाँ ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिने जनाएको छ। कम्पनीको हालको चुक्ता पुँजी ५५ करोड रूपैयाँ रहेकोमा साधारण निष्कासनबाट १३.७५ करोड रूपैयाँ जुटाइने जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८० ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App