७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदै छ। एक्स्पो असोज १० देखि १४ गतेसम्म हुने आयोजकले जनाएका छन्।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको प्रोत्साहन गर्न एक्स्पो आयोजना गरिएको आयोजकको दाबी छ। एकभन्दा बढी स्टल रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ। एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ। फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ।

एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ। नेपाल चेम्बर अफ कमर्स र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रिज, सरावगी ओभरसिज र यती पोलिकेम रहेका छन्। इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङ्से, भिवोन चियर र वेबट्युन रहेका छन्।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरूको पनि सहभागिता रहनेछ।

प्रकाशित: १० आश्विन २०८० ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App