९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

टाटा पावर र दुगड पावरबीच सम्झौता

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरइएल) र दुगड पावरबीच सम्झौता भएको छ। मुलुकको नवीकरणीय ऊर्जा पहललाई बढावा दिन उक्त सहमति भएको हो।

सहमतिअनुसार नेपालमा द्रुततर रूपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टिटिआरइएलको रणनीतिक प्रवेशलाई बढावा दिइनेछ र दिगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मक रूपमा बढाउन यसले एउटा आधार तयार गर्ने कम्पनीले जनाएको छ।  

टाटा पावर नवीकरणीय ऊर्जाका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले साझेदारी नेपालको ऊर्जा क्षेत्रको इन्जिनियरिङलाई पुनः परिभाषित गर्ने रणनीतिक एकता भएको र दुवै कम्पनीसँग रहेका स्रोतहरू र विज्ञताको एकताले यस क्षेत्रमा दीगो ऊर्जा खपतमा नयाँ परिस्थिति सिर्जना गर्नेछ भन्नेमा आफू आशावादी भएको बताए।

प्रकाशित: ७ आश्विन २०८० ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App