४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एसियन पेन्ट्सले सुरु गर्‍यो अल्ट्रा लक्जरी होम डेकोर

एसियन पेन्ट्स नेपालले गट्ठाघरमा रहेको अपूर्व इन्टरनेसनलमा आफ्नो मल्टी क्याटोगरी डेकोर सोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ। उक्त स्टोरको उद्घाटन एसियन पेन्ट्सका प्रबन्ध निर्देशक तथा सिइओ अमित सिंगलले गरेका छन्।

उक्त बुटिक ग्राहकका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरू एकै ठाउँमा उपलब्ध हुनेछ। प्रबन्ध निर्देशक तथा सिइओ सिंगलले नेपाल तीव्र गतिमा बढ्दो बजार भएको र ग्राहकले लक्जरी होम डेकोर उत्पादन, विधि र प्रोत्साहन खोजी रहेको अवस्थामा उनीहरूको बढ्दो चाहना, भावना र तिनको घरसँगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छानामुनि सबै प्रकारका होम डेकोर सामान उपलब्ध गराउने चेष्टा गरेको बताए।

सोरुममा फेब्रिक्स र वालपेपरदेखि बाथरुम फिटिङ र स्यानिटरी सामग्री, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादन लगायतका सामग्री रहेका छन्।

प्रकाशित: ३ आश्विन २०८० ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App