२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेटलाइफको ‘वान बाई मेट लाइफ’ योजना सार्वजनिक

मेटलाइफ नेपालले मोबाइल एप ‘वान बाई मेटलाइफ’ योजना सार्वजनिक गरेको छ। डिजिटल माध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरू एकै प्लेटफर्ममा संयोजन गरी कम्पनीले उक्त एप सार्वजनिक गरेको हो।

एपको उद्घाटन मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले गरेका छन्। उक्त योजनाले बिमा पोलिसीहरूलाई थप पहुँच योग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्तालाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने विश्वास कम्पनीको छ।

मेटलाइफका ग्राहकले एपमा दर्ता भई आफ्नो बिमा पोलिसीका बारेमा सूचनाहरू प्राप्त गर्न, विभिन्न बिमा सुविधा तथा सेवाहरूका बारेमा खोजी गर्न, बिमा सुविधाको प्रिमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारी प्राप्त गर्न सहजता महसुस गर्नेछन्।

प्रकाशित: १ आश्विन २०८० ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App