८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोकाकोला र माइती नेपालबीच सहकार्य

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोकाकोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य गर्ने भएको छ।

बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास गरेका छन्। मुख्यमन्त्रीले यसले ग्रामीण विकासलाई प्रवर्द्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने बताए।

यस परियोजनाअन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ। परियोजनाको लक्ष्य, ३० जना व्यक्तिका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषिक्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने बताइएको छ।

तालिमपश्चात् यस संस्थाले सहभागीलाई स्टार्ट-अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग जोडिने र दोस्रो वर्षमा फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरूले नयाँ सिकेका ज्ञान कार्यान्वयन गर्न कृषि-पर्यटनका नमुना एकाइहरू स्थापना गर्ने योजना पनि बनाएको जनाएको छ। साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ।

कोकाकोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धन सँगसँगै जान्छ भन्नेमा विश्वस्त भएको बताइन्।

यस्तै माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर हामीले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न मात्र नभई भविष्यमा दोहोर्‍याएर प्रतिकृति र विकास गर्न सकिने मोडलको निर्माणको प्रयासमा पनि भएको बताइन्।

प्रकाशित: ३१ भाद्र २०८० ००:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App