१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निसानको नयाँ संस्करण नाडा अटो सोमा

निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान गाडीको नयाँ संस्करण नाडा अटो सो–२०२३ मा प्रर्दशन गरेको छ।

निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लाइफलिफ इलेक्ट्रिक गाडी, नाराभाप्रो फोर एक्स गाडीको विशेष ‘लाइफ स्टाइल एडिसन’ साथै नयाँ निसान म्याग्राइटको नयाँ एएमटी भेरियन्ट सार्वजनिक गरिएको हो।

कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले नेपाली ग्राहकको रोजाइ र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ नाडा अटो सोमा निसानका नयाँ गाडीहरू प्रदर्शन गरेको जनाए।

कम्पनीले सार्वजनिक गरेका गाडीले विभिन्न फाइदाका साथ ग्राहकको आवश्यकता तथा रोजाइ पूरा गर्नुका साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०८० ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App