९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुट योजना

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुट योजना ल्याएको छ।

उक्त योजना निसानका सबै गाडीहरू-निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रायलमा लागु हुनेछ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुने १५ औं नाडा अटो सो-२०२३ तथा नजिकै आइरहेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुट योजना ल्याइएको हो। यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वभरि लागु हुनेछ।

उक्त योजना अन्तर्गत ग्राहकले ‘नाडा अटो सो’ मा निसान गाडी बुकिङ गरे भने बिमा (इन्स्योरेन्स), सडक कर (रोड ट्याक्स), सर्भिसिङ, वारेन्टी आदि तीन वर्षसम्म कम्पनीले नै बेहोर्ने भएको छ। यसबाट ग्राहकले १३ लाख रूपैयाँसम्म बचत गरी लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ।

यस्ता सुविधाहरूमा सर्तहरू लागु हुने र योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: २५ भाद्र २०८० ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App