घरासयी सामानहरूको विश्वप्रसिद्ध ब्राण्ड आइएफबीले नयाँ रेफ्रिजरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा आइएफबीको होम अप्लाइन्सेसको आधिकारिक वितरक द साग्तानी एक्जिम प्रालिले र्याडिसन होटलमा आयोजित कार्यक्रमबीच नयाँ मोडलका १० भन्दा बढी फ्रिजहरू सार्वजनिक गरेको हो। लन्च गरिएका मोडलहरू फ्रोस्ट फ्री र डाइरेक्ट कुल गरी दुई किसिमका छन्।
नयाँ मोडलका फ्रिजहरू ३२ हजार नौ सय देखि ७२ हजार नौ सयसम्मका छन। फ्रिजहरूमा कपर (इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउण्ड कुलिङ, सेभेन इन वान कन्भर्टेबल, होर अलार्म, एप (बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर, स्मार्ट कन्ट्रोल प्यानल र एन्टी(ब्याक्टेरियल जस्ता अत्याधुनिक सुविधा रहेको कम्पनीको दाबी छ।
ग्यास्केट रेफ्रिजरेटरहरूमा कडा ग्लास सेल्फहरू, एल्युमिनियमइन्फ्युज्ड आइस ट्रे र अन्य धेरै फरक उच्च गुणस्तरका सामग्रीहरू समावेश छन्। फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी र १ वर्षभरि सेवा सुविधा रहेका छन्।
आईएफबी भारतका शीर्ष व्यवस्थापक सलाम सोनमणि सिंह, निर्यात बिक्री तथा मार्केटिङ प्रमुख वेंकट सुब्बा राव मदाला, उपाध्यक्ष तथा रेफ्रिजरेटर प्लान्ट प्रमुख अंकुश सोनीलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २४ भाद्र २०८० ०४:०६ आइतबार