१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

गलत हल्लाले बेलायतमा इभीको बिक्री घट्यो

पछिल्लो समय विश्वभरि विद्युतीय सवारी (इभी) को लोकप्रियता दिनदिनै बढिरहेको छ। लोकप्रियतासँगै सवारीधनीहरूको चिन्ता पनि उत्तिकै बढेको छ।अटोट्रेडरले गरेको अनुसन्धानअनुसार ४७ प्रतिशत सवारी धनी मात्र आफूले किनेको इभीमा विश्वस्त रहने गरेका छन्। उनीहरूलाई न त धेरै टाढा जानु छ, न धेरै काम गर्नु छ। यस्तोमा आफूहरूका लागि इभी एउटा आदर्श सवारी बन्न पुगेको धारणा उनीहरूको छ।

यीबाहेक अन्यको चिन्ता भने ‘रेन्ज एन्जाइटी’ रहेको छ। टाढा जानु पर्दा बीचैमा ब्याट्री सकियो भने के गर्ने भन्ने चिन्ताका कारण सधैं तनाव हुने गरेको ५६ प्रतिशत सवारीधनीहरूले बताएका छन्।

चार हजार इभी धनीहरूमाझ यो सर्भे गरिएको थियो। केहीले भने इभी अत्यधिक महँगो भएको बताएका छन्। अधिकांशले भने चार्जिङ स्टेसनको सहजता नभएका कारण यसलाई घाँडो ठान्नेहरू पनि छन्।

सन् २०१९ मा यस्तै सर्भे गरिँदा सहभागीहरूमध्ये ७५ प्रतिशतले अर्को कार किन्नु परे इभी नै किन्ने बताएका थिए।

अटोट्रेडरका व्यावसायिक निर्देशक इयान प्लमर भन्छन्, ‘इभीलाई साँच्चिकै गतिलो सवारी साधन बनाउने हो भने त्यसमा धेरै काम गर्न बाँकी छ। सन् २०३० सम्म पेट्रोललाई प्रतिबन्ध लगाउने तयारी थालिँदै गर्दा अहिलेदेखि नै व्यापक काम गरिएन भने सो कार्यमा सफलता हासिल हुन असम्भव छ।’ अहिले घरमा कार चार्ज गर्दा २० प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ। यो घटाएर पाँच प्रतिशतमा झार्नु बुद्धिमानी हुने उनी बताउँछन्।

बेलायतमा यतिबेला ३० हजार पाउन्डभन्दा कमका नौ वटा इभी कार उपलब्ध छन्। अघिल्लो वर्ष ११ वटा थिए। इभीका बारेमा गरिएका अनर्गल प्रचारका कारण पनि यसको लोकप्रियता सोचे जति बढ्न नसकेको आरोप उनी लगाउँछन्। त्यसैले यो वर्षको पहिलो आधा वर्षमा जम्मा २४ प्रतिशत इभी मात्र व्यक्तिगत रूपमा बिक्री भएको छ। बाँकी बिक्री भने धेरैजसो बिजनेस कम्पनीहरूमार्फत भएको छ।  

जनवरीदेखि जुन महिनासम्म बेलायतमा एक लाख ५२ हजार नौ सय ६८ इभी बिक्री भएका छन्। तीमध्ये ३७ हजार ५५ वटा भने व्यक्तिगत बिक्री भएका हुन्। बाँकी भने ट्याक्सी चालक, डेलिभरी कम्पनीहरूले संस्थागत रूपमा किनेका छन्।  

बेलायतमा सन् २०३० पछि पेट्रोल तथा डिजल कारहरूको बिक्री वितरणमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। ढिलोमा २०३५ सम्ममा यो पूर्ण रूपमा लागु हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय ब्रिटिस पेट्रोलियम जस्तो पेट्रोल–डिजल बेच्ने कम्पनीले पनि इभी चार्जिङ स्टेसनमा राम्रै लगानी गरिरहेको छ। यसले सरकारी लक्ष्यलाई सघाउने केहीको तर्क छ। अटोट्रेडरका व्यावसायिक निर्देशक इयान प्लमर भन्छन्, ‘इभीलाई साँच्चिकै गतिलो  सवारी साधन बनाउने हो भने त्यसमा धेरै काम गर्न बाँकी छ।सन् २०३० सम्म पेट्रोललाई प्रतिबन्ध लगाउने तयारी थालिँदै गर्दा अहिलेदेखि नै व्यापक काम गरिएन भने सो कार्यमा सफलता हासिल हुन असम्भव छ।

प्रकाशित: २४ भाद्र २०८० ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App