१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुजुकीको इग्निस ‘जापानी कम्प्याक्ट एसयुभी’

काठमाडौं- सुजुकी गाडीकोनेपाली अधिकृत बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले भृकुटीमण्डपमा सुरु नाडा अटो सोमार्फत बहुप्रतीक्षितप्रिमियमअर्बान कम्प्याक्ट भेहिकल इग्निस सार्वजनिक गरेको छ ।

‘इग्निस उत्कृष्ट डिजाइन, एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ इन्जिन, अत्याधुनिक सुरक्षाफिचर्स तथा हरेक परिमितिमा पृथक कार हो,’ इग्निस सार्वजनिकगर्दै सिजीहोल्डिङ्सका अध्यक्षतथाप्रबन्धनिर्देशक अरुण चौधरीले भने ।

सुरक्षालाई विशेष ध्यानमा राखी इग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टिइसिटी) प्ल्याटफर्ममागरिएको कम्पनीको दाबी छ । कारको बाह्य सजावट आजको पुस्ताको आवश्यकताअनुसार पृथक शैलीमागरिएको छ । कारको अघिल्लो भागमा इनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइनको प्रयोग गरिएको छ । साथै, कारका फ्रन्ट ग्रिल र फगल्याम्पमागरिएको क्रोम सजावटले कारलाई निकै आकर्षक तथा पृथक डिजाइन प्रदान गरेको छ ।

इग्निसमाउपलब्धगरिएको पृथककिकअपआकार सहितको डे लाइट ओपनिङ (डिएलओ)ले कारलाई निकै आकर्षक लुक्स प्रदान गरेको छ । त्यसैगरी, कारको आन्तरिक तथा बाह्य सजावटमाप्रयोग गरिएको सुजुकीको प्रोगे्रसिभ ट्रेड मार्क र डुअल टोन बाह्य सजावटले कारलाई ट्रेन्डी देखाउनउल्लेख्य मात्रामा सहयोग गरेको छ ।

कारमा रहेको फ्लोटिङ लेयर्ड ड्यासबोर्ड डिजाइन र तिनमाकालो र आइभर रंगको डुअल टोन तथा पृथक ककपिट स्टाइल्ड कन्सोल प्यानलले इग्निसलाई आकर्षक रुपमा प्रस्तुत गरेको छ ।

कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले इग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एन्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको इन्फोटेनमेन्टको सुविधा कारमै उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ ।

प्रकाशित: १३ भाद्र २०७४ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App