१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’: विशेष सत्रमा अर्थ मन्त्री

वृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ को  ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्ना विचार राख्ने भएका छन्।  

बैँकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा आगामी भाद्र १८ गते सोमवार काठमाडौँस्थित सोल्टी होटलमा हुने उक्त कार्यक्रममा बैँकिङ्ग समाचारका प्रकाशक राजु ढुङ्गेल र अर्थमन्त्रीबीचविशेष प्रश्नोत्तर हुने भएको हो।  

कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमानअवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमाबीमाप्रतिको बुझाई, अर्थतन्त्रमाबीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौतीलगायतकाविषयहरुमा बृहत परिसंवाद गरिने भएको हो।  

उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता  विषयहरूमा गहन विमर्स हुने भएको छ ।  

विशेषगरी ‘द नेशनलइन्स्योरेन्स डिस्कोर्स’मामुख्य ४ सत्रहरुमा छलफल हुनेछ। यसमा अर्थमन्त्रीसँग डुओलग विशेष सत्र पनि हुने बताइएको छ। डुओलग विशेष सत्रमा बैँकिङ्ग समाचारका प्रकाशक राजु ढुङ्गेलले गर्नेछन् ।  

‘द नेशनलइन्स्योरेन्स डिस्कोर्स’ माथिका यीनै विषय वस्तुमा मुलभुत छलफल हुने बताइएको छ ।  

‘द नेशनलइन्स्योरेन्स डिस्कोर्स’ किन ?

बीमा व्यवसाय शुरुवात भएको ५ दशकभन्दा लामो समय भइसकेको अवस्थामा पनि बीमा फाईदा नभई सुरक्षा हो भन्ने मुल शिक्षा जनमानसले बुझिरहेका छैनन्। कोभिड–१९ को सङ्क्रमण, विगतमा आएको विनासकारी भूकम्पले बीमा नहुँदा सरकारकै ठुलो धनको क्षति हुन पुग्यो। फलस्वरूप आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमापनिप्रभावितभएको छ । यसै परिपेक्षलाई ध्यान केन्द्रित गर्दै बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनलइन्स्योरेन्स डिस्कोर्र्स ’ को आयोजना गर्न लागेको हो ।  

को–को हुँदैछन् सहभागी?

कार्यक्रममा अर्थमन्त्रीडा.प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल लगायत अन्य विशिष्ट व्यक्तिहरू र सञ्चारकर्मीहरूको  बाक्लो उपस्थिति हुने बताइएको छ ।  

प्रकाशित: १५ भाद्र २०८० १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App