५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एसयुभी जिम्नीको डेलिभरी सुरु

सिजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले अन्तर्राष्ट्रिय बजारमा एसयुभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपाल अधिराज्यभरिका सोरुमहरूबाट सुरु गरेको छ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो, जुन हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एंगल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ।

साथै अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, आधुनिक, आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको कम्पनीले बताएको छ।

यसका साथै कम्पनीले विभिन्न जिम्नी-केन्द्रित गतिविधिहरू पनि निकट भविष्यमा लन्च गर्ने बताएको छ। 

प्रकाशित: १३ भाद्र २०८० ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App