१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

रक्तदान कार्यक्रममा कम्पनीका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिस्टर्स कन्र्सन उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध जम्मा ३३ जनाले रक्तदान गरेका छन्।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८० ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App