१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कामना बैंकको नयाँ निक्षेप योजना

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।

बैंकले पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्ना प्रियजनको खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्परा स्वरूप ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको हो।

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धलाई महत्व दिँदै विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेको छ। यस्ता उपहार कुनै अप्ठ्यारो अवस्थामा पनि प्रयोग गर्न सकिने र आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्परा सुरु गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

सम्बन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबाआमा, श्रीमान् श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाहरूले आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहार स्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ।

न्यूनतम १० हजार रूपैयाँमा खोल्न सकिने मुद्दती खातामा मासिक व्याज प्राप्त गर्न सकिनेछ। उक्त खाता खोल्दा बैंकको मोवाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ।

उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८० ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App