नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनीहरूले विज्ञापन बजार बढाउन यस्तो सहकार्यको विकल्प नभएकोमा जोड दिए। यसो गर्न सके मिडिया उद्योग फस्टाउने उनीहरूको मत थियो। वक्ताहरूले नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनीमा जानुको अर्थ सञ्चार माध्यममा जनताको प्रत्यक्ष स्वामित्व कायम हुनु हो भन्ने धारणासमेत राखेका थिए। अन्तरसंवाद कार्यक्रममा व्यक्त विचारहरूको सम्पादित अंशः
जनताको आवाजलाई प्राथमिकता दिएका छौं
सञ्चार माध्यम र विज्ञापन एजेन्सी सबैले एक-अर्कालाई सहयोग गर्दै अगाडि बढनुपर्छ। दुबैले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन। नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनीमा जानु भनेको सञ्चार माध्यममा जनताको प्रत्यक्ष स्वामित्व एवम् पहुँच वृद्धि हुनु हो।
अहिलेसम्म कुनै पनि मिडिया पब्लिक कम्पनी भएको थिएन जुन हामीले वर्षौं प्रयत्न गरेपछि मात्र सफल भएका छ। यो हाम्रो लागि मात्र नभएर सबै सञ्चार माध्यमका लागि उत्साहको विषय हो। मूलधारका सञ्चारमाध्यम यसरी पब्लिक कम्पनी भएर उदाउनु सञ्चारक्षेत्रका लागि नयाँ आशाको किरण देखिनु हो। सञ्चार माध्यमलाई बलियो र परिष्कृत रूपमा लान पनि मिडिया र विज्ञापन एजेन्सी दुबैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ।
अहिलेसम्म कुनै पनि मिडिया पब्लिक कम्पनी भएको थिएन जुन हामीले वर्षौं प्रयत्न गरेपछि मात्र सफल भएका छ। यो हाम्रो लागि मात्र नभएर सबै सञ्चार माध्यमका लागि उत्साहको विषय हो।
सञ्चार माध्यमले नागरिकको आवाजलाई समेट्नुपर्छ। सञ्चार माध्यमले सबै वर्ग, क्षेत्र, समुदायको दबेको आवाजलाई स्थान दिने गर्छ। सोही अनुरूप रिपब्लिक मिडियाले आम जनताको अवाजलाई पहिलो प्राथमिकतामा दिएको छ। रिपब्लिक मिडियालाई पब्लिक कम्पनीमा लैजाने पहिलेदेखिकै सोचलाई साकार पारेका छौं। यसका लागि निकै कसरत गर्नुपरेको थियो। सञ्चार माध्यमको इतीहासमा रिपब्लिक मिडियाले नयाँ आयाम कोरेको छ। सञ्चारमाध्यम आमजनताको आवाज भएका कारण यसको स्वामित्व र पहुँचमा जनताको प्रत्यक्ष संलग्नता हुनुपर्छ।
अहिले मिडिया र एजेन्सी दुबैलाइै समस्या परेको छ। यो अवस्था पार गर्न सहकार्य गरेर अगाडि बढ्नु पर्छ। रिपब्लिक मिडिया पब्लिक कम्पनी भएकाले सबैको सभागिता हुनु उत्साहजनक विषय हो। यो उपलब्धिमूलक काम पनि हो। पब्लिक कम्पनी भएपछि आम जनताको मुद्दाहरू अझ समेटिने छन्। यसले मुलुकको विकास र प्रगतिमा थप प्रभाव पार्नेछ।
छापा सबैभन्दा विश्वसनीय सञ्चार माध्यम हो
लोकत्रान्त्रिक शासन प्रणालीमा सञ्चार माध्यम स्वतन्त्र संस्था हो। यसको नियमन पाठक र उपभोक्ताले गरिरहेका हुन्छन्। सञ्चारमाध्यमको पारदर्शिताको सवालमा नेपाल रिपब्लिक मिडियाका उत्पादनको बिक्री वितरण र आर्थिक कारोबार आदिको पारदर्शिताको कुरामा खुला किताब जस्तो भएको छ। विज्ञापनलाई साना मिडियाहरूले प्रभाव पारिरहँदा कहीं न कहीं मूलधारका सञ्चारमाध्यमलाई विज्ञापन पाउन सकस भइरहेको छ।
सञ्चार माध्यमअन्तर्गत छापा माध्यम सबैभन्दा विश्वसनीय माध्यम हो। नेपाल रिपब्लिक मिडियालाई आजको दिनसम्म जनताले विश्वास गरेका छन्। हाम्रो मिडिया पारदर्शिता र विश्वसनीय भएकैले जनताले विश्वास गरेका हुन्।
सञ्चार माध्यमहरूका लागि अहिले चुनौतीपूर्ण समय हो। विज्ञापन दाताले यस्तो अवस्थामा कुन सञ्चारमाध्यम आधिकारिक र विश्वसनीय छ भनेर चिन्न सक्नुपर्छ। हामी विज्ञापन एजेन्सी लगायत सबै पक्षसँग सहकार्य गरेर अघि बढ्दै आएका छौं।
विज्ञापन एजेन्सीले पनि कहीं न कहीं आफ्ना उपभोक्तालाई कुन सञ्चार माध्यमको प्रभावकारिता के हो भन्ने कुरा बुझाउनु पर्छ। विज्ञापन एजेन्सीहरूले पनि पारदर्शिता र विश्वसनीयताका साथ काम गर्नुपर्छ। उपभोक्ताको चाहना र इच्छा दुवै पहिचान गरी काम गर्नुपर्छ। दुवै मिलेर कुन वैधानिक र विश्वसनीय सञ्चारमाध्यम हुन् त्यसको पहिचान गर्नु पहिलो अवश्यकता हो।
सञ्चार माध्यमअन्तर्गत छापा माध्यम सबैभन्दा विश्वसनीय माध्यम हो। नेपाल रिपब्लिक मिडियालाई आजको दिनसम्म जनताले विश्वास गरेका छन्। हाम्रो मिडिया पारदर्शिता र विश्वसनीय भएकैले जनताले विश्वास गरेका हुन्।
ठूला सञ्चार माध्यमको सञ्चालन खर्च अत्यधिक भएकाले कोभिडपछि टिक्न धेरै गाह्रो भएको छ। विज्ञापन कुनै पनि उत्पादनको लागि एकदमै आवश्यक छ। विज्ञापनले गर्दा नै मानिसले उत्पादनलाई प्रयोग गर्छन्। सही, आधिकारिक र विश्वसनीय सञ्चारमाध्यम पहिचान गरेर एजेन्सीहरूले विज्ञापन दिनुपर्छ। हाल डिजिटल मिडियाको संख्या उल्लेख्य रहेको छ। मिडियाहरूले कहीं न कहीं विज्ञापनलाई प्रभाव पारेको देखिए पनि कुनै पनि स्रोतको विश्वसनीयता भनेको मूलधारका सञ्चारमाध्यमहरू नै हुन्।
सोसल मिडिया र डिजिटल मिडियाहरूले ध्यान आकृष्ट गर्न खोजेको भए पनि मूलधारका सञ्चार माध्यमको विश्वसनीयता र आधिकारिकता व्यापक रहेको छ। अहिले पनि छापा माध्यम एक सशक्त सञ्चार माध्यम भएकाले सञ्चार माध्यममार्फत कुनै पनि उत्पादनको विज्ञापन गर्दा प्रभावकारी हुन्छ।
विज्ञापन बजारलाई खुम्च्याउने विषय बोर्डलाई मान्य हुँदैन
विज्ञापन आउने भनेको विज्ञापनदाताबाट हो। त्यसैले यो उद्योगको जग नै विज्ञापन दाता हो। एजेन्सी, क्लाइन्ट र मिडिया मात्र भएर हुदैन् किनभने विज्ञापन दाताबाट विज्ञापन सुरु हुन्छ। यस क्षेत्रमा उत्पादन भन्दा पनि आयात बढी छ।
हामीले हाम्रो विज्ञापनहरूलाई बजार व्यवस्थापन गर्न सकिरहेका छैनौं। विज्ञापन उत्पादन गरेर बिक्री गर्न मात्र खोज्यौं। न बजार व्यवस्थापन गर्नतर्फ ध्यान दिएका छौं, न त उत्पादनको ब्राण्ड जति बेच्नुपर्ने हो त्यति बेचेका छौं।
नेपालमा मिडियाको संख्या अत्यधिक छ। यो विषयलाई विज्ञापन बोर्डले हेरिरहेको छ। मिडिया कन्टेन्टमा पनि नियन्त्रण भएको छैन। अनियन्त्रित मिडिया कन्टेन्टका कारण पनि कतिपय सञ्चार माध्मममा विजिनेस आउन सकेको छैन। छापा सञ्चार माध्यममा बिक्रीवितरणको पनि समस्या छ। विज्ञापनदाता पनि विज्ञापन गर्न प्रोत्साहित गर्नुपर्छ। विज्ञापन गरेपछिको हरेक हिसाब किताब पारदर्शी हुनुपर्छ। मिडिया रेटिङ हुनु पनि आवश्यक छ।
हामीले हाम्रो विज्ञापनहरूलाई बजार व्यवस्थापन गर्न सकिरहेका छैनौं। विज्ञापन उत्पादन गरेर बिक्री गर्न मात्र खोज्यौं। न बजार व्यवस्थापन गर्नतर्फ ध्यान दिएका छौं, न त उत्पादनको ब्राण्ड जति बेच्नुपर्ने हो त्यति बेचेका छौं।
विज्ञापन एजेन्सीसँग नेपाल रिपव्लिक मिडियाले छलफल आयोजना गरेर सकारात्मक कामको थालनी गरेको छ। विज्ञापन बोर्डले गर्न नसकेको काम रिपब्लिक मिडियाले गरेको छ। यस्तो छलफल व्यापक हुनुपर्छ। विज्ञापन बजारलाई खुम्च्याउने विषय विज्ञापन बोर्डको लागि कदापि मान्य हुँदैन।
सरकारी कानुन विरूद्धमा कुनै पनि निकाय जान सक्दैन। नियमनकारी निकायले नियमन मात्र गरेको तर उक्त क्षेत्रको विकास तथा विस्तारका लागि केही नगरेको देखिएको छ। विज्ञापनको नीतिगत वकालत गर्न सम्बन्धित संस्थाहरू एकजुट भएको देखिँदैन। विज्ञापनको बारेमा बृहत् छलफलको कमी छ। विज्ञापन बजारको लागि नीतिगत रूपमा एकताद्धता हुनुपर्छ। सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले बिक्रीवितरण, मूल्य, विलिङ लगायतको कुरामा पारदर्शी हुनुपर्छ। मूल्य घटाउने काम एजेन्सीले मात्र होइन सञ्चार माध्यमले पनि गरेको हो।
मिडिया र विज्ञापन एजेन्सी दुवै सुध्रिर्नुपर्छ
नेपालको विज्ञापन बजारले अहिले धेरै खालका समस्या भोग्दै आइरहेको छ। विगतको भन्दा अहिले विज्ञापन बजारमा धेरै खालका विकृति र विसंगति देखिएका छन्। यी र यस्तै खालका विज्ञापनका विकृति भित्र्याउन मिडिया सञ्चालक, विज्ञापन एजेन्सी र विज्ञापनदाताको भूमिका पनि कहीं न कहीं पक्कै छ। त्यसैले विज्ञापन बजारमा देखिएका समस्या समाधानको लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन।
समस्या नेपालका विज्ञापनदातासँगभन्दा पनि हामीसँगै धेरै रहेको छ। हामीले नै विज्ञापनदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा घुस दिएर वा अन्य कुनै स्वार्थ देखाएर नै बिगारेका हौं। विगतमा भएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बेला भएको छ।
नेपालको विज्ञापन बजारले अहिले धेरै खालका समस्या भोग्दै आइरहेको छ। विगतको भन्दा अहिले विज्ञापन बजारमा धेरै खालका विकृति र विसंगति देखिएका छन्।
पत्रपत्रिकाको प्रति सिसि १४/१५ सय रेटको विज्ञापनलाई प्रति सिसि एक सय रूपैयाँमा ल्याउन मिडियाले कति रोल खेले र विज्ञापन एजेन्सीले कति खेले भनेर समीक्षा गर्ने बेला भइसकेको छ। यो खालको विकृति ल्याउन सबैको भूमिका उत्तिकै छ। विगतमा कुनै कम्पनीले ४०/५० लाख रूपैयाँको विज्ञापन गर्ने गर्थे।
अहिले विज्ञापन घटेर ४०/५० हजारमा मात्रै सीमित भइरहेको छ। यस्तो अवस्थाबाट कसरी नेपालको विज्ञापन अघि बढ्छ भन्ने मुख्य प्रश्न उब्जिएको छ। यहाँ कसैको धेरै र कसैको थोरै गल्ती होला तर यो समस्या हामीले नै उब्जाएकाले हाम्रो आफ्नो प्रयासबाटै यो समस्याको समाधान गर्नुपर्ने बेला भइसकेको छ।
नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनीमा गर्यो। यो पक्कै पनि सराहनीय कुरा हो। विज्ञापन र सञ्चार क्षेत्रलाई चलायमान गराउन आवश्यक छ। विज्ञापन बोर्डको नेतृत्वले मुटु दह्रो बनाएर विज्ञापन बजारलाई व्यवस्थित गराउनुपर्ने बेला भइसकेको छ। त्यसका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्दछौं। बोर्डले पनि विज्ञापन बजारलाई व्यवस्थित गराउनेतर्फ पनि पहलकदमी गरोस् भन्ने चाहना राख्छौं।
विज्ञापनले उत्पादनको बिक्री र ब्रान्डिङमा प्रभाव पार्छ
सन् १९९० को प्रारम्भमा विज्ञापनको भूमिका प्रभावकारी थिएन। सीमित सञ्चारमाध्यम र विज्ञापन बजारको दायरा सानो हुँदा विज्ञापनले खासै अर्थ राख्दैनथ्यो तर अहिले समय त्यस्तो छैन। विविध खालका सञ्चार माध्यम, खुला अर्थतन्त्र र बजार तथा विश्वव्यापीकरणका कारण विज्ञापनले उत्पादनको बिक्री र ब्राण्डिङमा प्रभाव पार्छ। प्रविधिको निरन्तर विकास र ग्राहकको परिवर्तित व्यवहारले उद्योग थप चुनौतीपूर्ण भएको छ।
इन्टरनेटको पहुँचले गर्दा कुनै पनि उत्पादनमाथि संसारभरिका मानिसले विचार तथा धारणा राख्न सक्छन्। अहिले मनिसहरूको व्यक्तिगत छनौटहरू विशिष्ट र केन्द्रीकृत छ। मिडिया उद्योगले त्यसलाई ढिलो नगरी उपयोग गर्न सक्नुपर्छ।
मानिसहरूको रोजाइ र चाहनालाई आफूले थाहा पाउनु अगाडि नै प्रविधिले थाहा पाउन थालेको छ। प्रविधिलगायत हरक्षेत्रमा भएको विकास र द्रुत गतिलाई मूलधारका सञ्चारमाध्यमहरूले ध्यान दिनुपर्छ। ग्राहकको व्यक्तिगत चाहना र रोजाइलाई पछिल्लो समय डिजिटल मिडियाले उपयोग गर्न सकिरहँदा मूलधारका अन्य सञ्चार माध्यमहरूले भने त्यसलाई उपयोग गर्न नसकेको देखिन्छ।
परिवेश नै परिवर्तन भइरहेको अवस्थामा मूलधारका सञ्चारमाध्यमले उपभोक्तालाई आकर्षित गरी राख्न पनि उनीहरूको रोजाइ र चाहनालाई सम्बोधन गर्न सक्नुपर्छ। उपभोक्ताको व्यवहार पहिलेको भन्दा फरक भइसक्यो। कुनै समयमा मूलधारका सञ्चार माध्यममा विज्ञापन प्रसारण गरेर उनीहरूले सोझो तरिकाले उपभोग गर्थे।
इन्टरनेटको पहुँचले गर्दा कुनै पनि उत्पादनमाथि संसारभरिका मानिसले विचार तथा धारणा राख्न सक्छन्। अहिले मनिसहरूको व्यक्तिगत छनौटहरू विशिष्ट र केन्द्रीकृत छ। मिडिया उद्योगले त्यसलाई ढिलो नगरी उपयोग गर्न सक्नुपर्छ।
अहिले उपभोक्ताले हेरेका उत्पादनबारे कुनै पनि जिज्ञासा तत्काल राख्न सक्छन्। जिज्ञासाको उत्तर पनि तुरुन्त अपेक्षा राख्छन्। यो कुरा मूलधारका सञ्चारमाध्यमहरूले बुझ्नुपर्छ र तत्काल उपभोक्ताको अपेक्षा अनुरूप आफू परिवर्तन हुन सक्नुपर्छ।
अबको विज्ञापनमा जानकारी मात्र नभएर कथा वाचनसमेत हुनुपर्ने र त्यति मात्र नभएर समाजका प्रभावशााली व्यक्तिहरूसँग सहकार्य गरेर प्रवाह गर्नुपर्ने समाजको निर्माण भएको छ।
यो विज्ञापनको परिवर्तनशील प्रयोगको समय भए पनि विज्ञापन भनेको कथा वाचन र यसले मानिसहरूलाई प्रेरित गर्ने काम हो। विज्ञापनको सिर्जनशील विचार विज्ञापन एजेन्सीले ल्याउँछ। नयाँ प्रविधको कृत्रिम बौद्धिकता (अर्टिफिसियल इन्टलिजेन्स) ले सिर्जनशीलतालाई समेटन सक्दैन।
विज्ञापनविना मिडिया चल्न सक्दैन
बैंक, फाइनान्स, इन्स्योरेन्स (बिएफआई) सञ्चार उद्योगसँग धेरै सकारात्मक भएको छ। बिएफआईलाई सञ्चारमाध्यमसँग सहकार्य गर्न कुनै पनि समस्या छैन तर सञ्चार माध्यमको अत्यधिक संख्यासँग हामी डराएका छौं।
मुलुकमा अत्यधिक सञ्चारमाध्यम भएका कारण उपभोक्ताले कसलाई रोजिरहेका छन् र आफूले कुन सञ्चार माध्यम रोज्ने भन्ने विषय नै अहिलेको चुनौती हो।
हामीलाई अत्यधिक मिडिया हाउसबाट आएका फोनकलहरूले दिक्क पारेका छन्। हामीलाई कुन मिडिया रोज्ने, कुन प्रभावकारी हो वा मिडियाको चाख के हो भनेर छुट्याउन नै गाह्रो भएको छ।
मुलुकमा अत्यधिक सञ्चारमाध्यम भएका कारण उपभोक्ताले कसलाई रोजिरहेका छन् र आफूले कुन सञ्चार माध्यम रोज्ने भन्ने विषय नै अहिलेको चुनौती हो।
बिएफआईलाई विज्ञापन गर्नुपर्छ भन्ने चेत छ। यसको लागि सहकार्य गर्न बिएफआई तयार छ तर विज्ञापनलाई धेरैभन्दा धेरै उपझोक्ता चाहियो। विज्ञापन विना मिडिया हाउस चल्न सक्दैन तर विज्ञापनदाताले विज्ञापन दिइसकेपछि अधिक उपभोक्तासम्म उक्त विज्ञापन पुग्छ भन्ने आधार तयार गर्न सक्नुपर्छ। विज्ञापन दाता र एजेन्सीले विश्वसनीय सञ्चार माध्यमसँग काम गर्न खोजिरहेको हुन्छ।
सञ्चार माध्यमलाई नियमन गर्न आवश्यक छ। बिएएफआईहरू मिडिया प्लान लिएर जाँदै गर्दा सम्बन्धित मिडियाले उक्त विज्ञापन कुनकुन ठाउँमा कति बजे कुन उमेर समूहका मनिसले उपभोग गर्छन् भन्ने जिज्ञासाको यकिन तथ्याङ्क कुनै पनि सञ्चार माध्यमहरूसँग रहेको देखिँदैन।
सञ्चार माध्यमसँग आफ्नो लक्षित उपभोक्ताको यकिन तथ्याङ्क नहुदाँ विज्ञापन दिनपछि हट्नुपर्ने अवस्था छ। कुन पत्रिका वा सञ्चारमाध्यम कति बेला कुन ठाउँमा पुग्छ र त्यसलाई को कसले उपभोग गर्छन् र त्यहाँ भएको विज्ञापन हेरेर आकर्षित वा प्रेरित हुन्छन् भन्ने यकिन तथ्याङ्क नै छैन्। उपभोक्ताको सही तथ्याङक सञ्चारमाध्यमले राख्नुपर्ने आवश्यकता छ। विज्ञापन उद्योग सञ्चार माध्यमसँग जहिल्यै पनि सकारात्मक रहेको छ। उपभोक्ताको सही तथ्याङक सञ्चारमाध्यमले राख्नुपर्छ। विज्ञापन उद्योग सञ्चार माध्यमसँग जहिल्यै पनि सकारात्मक रहेको छ।
विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ
मुलुकमा अत्यधिक सञ्चारमाध्यम भएका कारण उपभोक्ताले कसलाई रोजिरहेका छन् र आफूले कुन सञ्चार माध्यम रोज्ने भन्ने विषय नै अहिलेको चुनौती हो। विज्ञापनदाता विना मिडिया उद्योग चल्दैन। एजेन्सीको प्रमुख भूमिका हुन्छ। यसले यिनीहरूबीच पुलको काम गर्छ।
कुन विज्ञापनलाई कस्तो प्राथमिकतामा राखेर त्यसलाई प्लेसमेन्ट दिने र कुन सञ्चारमाध्यममा त्यसलाई प्रयोग गर्ने भन्ने काम एजेन्सीले गर्छ। एजेन्सीले यसबाहेकका सञ्चारमाध्यम र विज्ञापनदाताबीचको सम्बन्धको विकास गर्छ भने लक्षित उपभोक्ताको पनि पहिचान गर्न सहयोग गर्छ।
सञ्चारमाध्यमले आफ्नो सञ्चार माध्यमको प्रभाकारिता र विश्वसनीयतालाई ध्यान दिनुपर्छ। विज्ञापन राख्ने स्थानले पनि उपभोक्ताले ग्रहण गर्ने कुरामा प्रभाव पर्छ। विज्ञापन उद्योगभित्र नै व्यावसायिक ढाँचा विकास गर्न सकेको अवस्था छैन। यो उद्योग कहिले बैंकर त कहिले भेन्डर जस्तो भएर काम गरिरहेको अवस्था छ। अझै पनि विज्ञापन बजार व्यवस्थापन गर्न एजेन्सीहरूले आफ्नो कामको व्यावसायिक सुनिश्चितताको लागि ध्यान दिएको पाइँदैन।
मुलुकमा अत्यधिक सञ्चारमाध्यम भएका कारण उपभोक्ताले कसलाई रोजिरहेका छन् र आफूले कुन सञ्चार माध्यम रोज्ने भन्ने विषय नै अहिलेको चुनौती हो। विज्ञापनदाता विना मिडिया उद्योग चल्दैन।
विज्ञापन उद्योग मानव जनशक्तिमा आधारित भएर चल्ने भएका कारण सञ्चार माध्यम र विज्ञापनमा काम गर्ने जनशक्ति दक्ष र स्रोतउन्मुख हुनुपर्छ। दुबै संस्थाले आफ्नोमा कार्यरत जनशक्तिलाई दक्ष बनाउन स्रोत र साधनको पर्याप्ततालाई ध्यानमा दिनुपर्ने आजको आवश्यकता हो। मानव संसाधनका लागि दक्ष र स्रोतसाधनले सम्पन्न भएर काम गर्नैपर्ने हुन्छ। एजेन्सी तथा सञ्चार माध्यमको मूल्य निर्धारणमा पनि एकरूपता छैन। कुन उपभोक्तालाई कति मूल्य लिने भन्ने निश्चित नभएका कारण पनि समस्या आउने गरेका छन्।
सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले आधारभूत स्तर निर्धारण गरेर सहकार्य गरी अगाडि बढ्नुपर्छ। कुन मिडिया रोज्ने र कुन नरोज्ने भन्ने कुरा एजेन्सीमै भरपर्छ। विज्ञापनदातालाई बुझाउन नसकेको कारण पनि एजेन्सीहरू वर्गीकरण भएको पाइन्छ। आधारलाइन भनेको उपझोक्ता र ब्राण्ड नै हो र यसैमा ग्याप छ। यसलाई परिपूर्ति गर्न मिलेर अगाडि बढ्नुको विकल्प छैन्।
नयाँ पुस्ताले विज्ञापनलाई फरक ढंगले हेरिरहेको छ
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उपभोक्तालाई बुझाउनु हो। उपभोक्ता शिक्षा आजको सबैभन्दा प्रमुख आवश्यकता हो। विज्ञापनका बारेमा आजका उपभोक्ताको बुझाइ फरक भइसकेको छ। पुस्ता परिवर्तनले होला, नयाँ पुस्ताले विज्ञापनलाई फरक तरिकाले हेरेको छ।
विज्ञापन प्रतिको उनीहरूको सोचाइ र बुझाइमा निकै नै परिवर्तन आएको छ। यदि मूलधारको सञ्चार माध्यम अरू सञ्चार माध्यमभन्दा आधिकारिक र विश्वसनीय छ भने त्यो कुरा हामीले विज्ञापन एजेन्सी र उपभोक्तालाई बुझाउन सक्नुपर्छ। किन मूलधारका सञ्चार माध्यमहरूमा विज्ञापन दिनुपर्छ भन्ने कुरा बुझाउन सकिएन भने अहिले व्यापक रूपमा चलेको डिजिटल र सोसल मिडियाले उपयोग गरेर अघि बढ्छ। सञ्चार माध्यमले यो ठाउँमा यो मानिसले हेर्छ भन्ने कुरा दिन सकेन भने विज्ञापन दिनु प्रभावकारी हुँदैन।
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उपभोक्तालाई बुझाउनु हो। उपभोक्ता शिक्षा आजको सबैभन्दा प्रमुख आवश्यकता हो।
कुनै पनि मिडियाको निश्चित स्थान अर्कोले लिन सक्दैन तर उसले किन त्यस सञ्चार माध्यमलाई विज्ञापन दिने भन्ने कुरा आफ्नो उपभोक्ता र एजेन्सीलाई बुझाउन सक्नुपर्छ।
बिक्री घट्दा पनि विज्ञापन गर्नुपर्ने अवस्था छ
हामीले जहिले पनि सुन्छौं, बजार घटबढ हुँदा सबैभन्दा धेरै असर विज्ञापन बजारलाई पर्ने गर्छ। यो कुरालाई हामी सबैले अनुभूति र आत्मसात गर्दै आइरहेका पनि छौं। कुनै पनि कम्पनीको ब्राण्ड तथा प्रोडक्टको मुख्य ब्याकअप भनेको त्यसको बिक्री हुने गर्छ।
कुनै पनि वस्तु वा सेवाको बजार घट्दा त्यसको प्रत्यक्ष असर बिक्रीमा देखिने गर्छ। कुनै कम्पनीको सेल्स घटेको बेला पक्कै पनि समग्र व्यापारमै असर परेको हुन्छ। वस्तु वा सेवाको ब्राण्डिङ वा प्रचारप्रसार र मार्केटिङ गर्न विज्ञापनको भूमिका निकै महत्वपूर्ण हुने गर्छ।सेल्सडाउन भइरहेको छ। त्यो बेला बढी मार्केटिङ गर्नुपर्ने अवस्था पनि आउन सक्छ। विज्ञापनले नै बिक्री बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। आजको समयमा उपभोक्ताले धेरै छान्ने अवसर पाइरहेका हुन्छन्। त्यसैले विज्ञापनदाताले पनि सही माध्यमबाट विज्ञापन गर्नु आवश्यक भएको छ।
अहिले धेरै विकल्प भएकाले पनि सही ढंगबाट ब्राण्डको प्रचारप्रसार गर्न जरुरी छ। विकल्प धेरै भएकाले कुन छनोट गर्ने भनेर कठिनाइ भइरहेको छ। ग्राहकसँग वस्तु तथा सेवाको नजिकको सम्बन्ध कायम गरेर मात्रै आफ्नो उत्पादनको विज्ञापन सही ढंगले गर्न आवश्यक भइसकेको छ। त्यसो गर्न सकिएन भने प्रभावकारी हुन सक्दैन। कुनै कम्पनीले विज्ञापनलाई मात्रै होइन, आफ्नो उत्पादनमा पनि गुणस्तर कायम गर्नु जरुरी हुन्छ। आफ्नो कम्पनीका वस्तु तथा सेवा सही सञ्चार माध्यम र शैलीबाट प्रचारप्रसार गरेर प्रतिस्पर्धी बजारमा उत्रिनुपर्ने बेला भएको छ।
विज्ञापनदाताले ब्राण्ड निमार्णमा जोड दिनुपर्छ
ब्राण्ड विल्डिङ भन्दा बिक्रीवितरणमा एजेन्सीहरूको ध्यान गएको देखिन्छ। विज्ञापन उद्योहरूको ध्यान बिक्रीवितरण, प्रचारप्रसार र छुट तथा अफरहरूमा मात्र गएको छ। एड्भर्टाइजरले ब्राण्ड निमार्णमा पहिलो जोड दिनुपर्छ। जुन अहिले एजेन्सीहरूले गरिरहेका छैनन्। यसले गर्दा यस उद्योगले थप चुनौती खेप्नुपरेको छ। यसको असर सञ्चार माध्यम र विज्ञापन एजेन्सी दुबैले भोग्नु परेको छ।
अहिले मूल्य र प्रतिस्पर्धा कम भएको अवस्था छ। सँगै बजार पनि त्यति चलायमान भएको छैन। यस बेला एजेन्सीले बिक्रीवितरण भन्दा ब्राण्डिङमा ध्यान दिनुपर्छ। अहिलेको समय हामी सबैका लागि चुनौतीपूर्ण समय हो तर यो बेला हाम्रो लागि लागत र प्रतिस्पर्धा कम भएको समय हो, मार्केट पनि त्यति चलायमान भएको छैन्। सेलमा फोकस गर्नुभन्दा पनि हामीले अहिले ब्राण्डिङ गर्नुपर्छ।
ब्राण्ड विल्डिङ भन्दा बिक्रीवितरणमा एजेन्सीहरूको ध्यान गएको देखिन्छ। विज्ञापन उद्योहरूको ध्यान बिक्रीवितरण, प्रचारप्रसार र छुट तथा अफरहरूमा मात्र गएको छ।
उद्योगले आफ्ना ग्राहकलाई कुन मिडिया कत्तिको विश्वसनीय र प्रभावपूर्ण छ भनेर विश्वास दिलाउन सकिरहेको अवस्था छैन। हामीले मिडियालाई विज्ञापन दिइरहँदा उक्त मिडियाको विश्वसनीयता र प्रभाव कति छ भन्ने विषयमा पनि कहीं कतै चुकिरहेका छौं।
हामीले हाम्रा ग्राहकलाई मिडियाको विश्वसनीयता बारे बुझाउनै सकेनौं। दुबै मिलेर यो कुरा ग्राहकलाई बुझाउनुपर्यो। डिजिटल मिडिया र मूलधारको मिडियाबारे ग्राहकलाई बुझाउनुपर्ने बेला आएको छ। यस्तो अवस्थामा सञ्चारमाध्यम र एजेन्सी दुबैले ग्राहकलाई बुझाउनुपर्छ। नेपालमा विज्ञापन प्रयोगकर्ता सम्बन्धी अनुसन्धान र तथ्याङ्कको कमी रहेको छ।
यस्तो अवस्थामा विज्ञापनदातालाई कुन सञ्चारमाध्यमलाई विज्ञापन दिने भन्ने द्विविधा हुने, विज्ञापन नभएको सञ्चारमाध्यममा गुणस्तरीय कार्यक्रम बनाउन नसकिने र राम्रो कार्यक्रम नभए लक्षित वर्गसम्म पुग्न नसकिने अवस्था आउँछ।
विज्ञान र प्रविधिको विकासले हाल डिजिटल मिडियाको प्रभाव आक्रामक देखिए पनि यसले मूलधारका मिडियाको जस्तो विश्वासनीयता अझै लिन सकेको छैन। डिजिटल मिडियाले मूलधारको मिडियाबाट खोस्न नसक्ने भनेकै विस्वसनीयता हो
त्यसैले यसको महत्वलाई बुझी आफ्ना ग्राहकको सही पहिचान गर्न एजेन्सी र मिडिया सहकार्य गरेर अगाडि बढ्नु पर्छ। विज्ञापन प्रवाह गर्दा लक्षित वर्गसम्म पुग्ने गरी प्रभाव पार्न नसकेको अवस्था छ।
विज्ञान र प्रविधिको विकासले हाल डिजिटल मिडियाको प्रभाव आक्रामक देखिए पनि यसले मूलधारका मिडियाको जस्तो विश्वासनीयता अझै लिन सकेको छैन। डिजिटल मिडियाले मूलधारको मिडियाबाट खोस्न नसक्ने भनेकै विस्वसनीयता हो।
मुलुकमा अत्यधिक सञ्चारमाध्यमहरू भएका कारण पनि विज्ञापन कुन मिडियालाई दिने र त्यसको विस्वासनीयता कति छ भनेर जाँच्ने कार्य गाह्रो छ। मूलधारका सञ्चार माध्यममा भन्दा डिजिटल मिडियामा मानिसहरूको आकर्षण देखिएको कारण पनि समस्या आएको हो।
प्रकाशित: १ भाद्र २०८० ०२:०६ शुक्रबार