१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सामान्य अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सेचञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ।आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ।

आज विभिन्न कम्पनीका कुल ४० लाख  नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ। यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किममा सकारात्मक सर्किट लागेको छ। साथै लवर्टी इनर्जी कम्पनीको नौ दशमलव ९४ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको छ दशमलव १७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको पाँच दशमलव ७७ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको शेयर मूल्य चार दशमलव ९८ प्रतिशतले बढेको छ।

त्यसैगरी लक्ष्मी इक्विपटी फण्डको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको चार दशमलव ४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कनस्ट्रक्सन लिमिटेडको चार दशमलव २१ प्रतिशत, सुपर माइ हाइड्रोपावर लिमिटेडको तीन दशमलव ९० प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ।आजको कारोबारपछि बजारपुँजीकरण रु ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९ दशमलव आठ पुगेको छ।

प्रकाशित: ३२ श्रावण २०८० ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App