१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक

सेलट्रोन नेपालले अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक गरेको छ। सेलट्रोन नेपालका महाप्रबन्धक राहुल राठीले अनर नाइन्टी फाइभ जी र अनर नाइन्टी लाइट फाइभ जी दुवैको मूल्य सार्वजनिक गर्दै साउन २४ गतेदेखि प्रि–बुकिङ सुरु भएको घोषणा गरेका छन्।

कम्पनीका अनुसार अनर नाइन्टी फाइभ जी हरियो, सिल्भर र निलो रङमा १ बिलियन रङहरू भएको १२० हर्जको अमोलेड रहेको छ। यस्तै ६.७ इन्च स्क्रिनमा १२०० देखि २६६४ पिक्सेल रिजोल्युसनको साथमा ४३५ पिपिलाईको पिक्सेल डिस्प्ले रहेको छ।

आँखाको थकान कम गर्न ३८४० हर्ज पिडब्लुएम डिमिङ टेक्नोलोजी, ट्रिपल क्यामेरा सेटअप लगायतका विशेषता रहेको जनाएको छ।

यस्तै अनर नाइन्टी लाइटमा फाइभ एमपी वाइड र डेप्थ क्यामेरा भएकाले क्लोजअप तस्बिरहरू लिन सकिने, ८ जिबी मेमोरी र २५६ जिबी भण्डारण ड्राइभ प्रयोग गर्न सकिने, ५ जी समर्थन गर्नेलगायतका विशेषताहरू भएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार अनर नाइन्टी जी (१२/२५६) जीबी भेरियन्टको लागि ५८ हजार ९ सय ९० रूपैयाँ र (१२/५१२) जीबी भेरियन्टको लागि ६३ हजार ९ सय ९० रूपैयाँ तोकेको छ। जसमा ग्राहकले २१ हजार ९ सय ९० रूपैयाँ पर्ने अनर घडी फोरलाई प्रि बुकिङ गर्दा ५ हजार रूपैयाँमा प्राप्त गर्न सकिने जनाएको छ।

यस्तै अनर नाइन्टी लाइट फाइभ जीबी ३१ हजार ९ सय ९० रूपैयाँमा प्राप्त गर्न सकिने जनाएको छ। साथै अनर नाइन्टी लाई फाइभ जीको प्रि–बुकिङमा ५ हजार ९ सय ९० रूपैयाँ मूल्यको अनर एयरबड्स एक्स फाइभ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रि बुकिङ अगस्ट ९ बाट सुरु भई १५ मा समाप्त हुने कम्पनीले जनाएको छ। सेलट्रोन नेपालले अनर नेपालको ब्राण्ड फेसमा गायिका डा. त्रिशाला गुरुङलाई राखेको छ।

प्रकाशित: २६ श्रावण २०८० ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App