२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत

सिटिजन्स बैंक कोष प्रवर्द्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत भएको छ।

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७ करोड ५० लाख ७२ हजार ३ सय ९० एकाइ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरवादे श्रेष्ठ लगायतका अन्य पदाधिकारीहरूको उपस्थितिमा सूचीकरण सम्बन्धी कार्यक्रम समापन भएको छ। उक्त म्युचुअल फण्ड योजनाको कारोबार दोस्रो बजारमा मिति साउन २४ गतेदेखि गर्न सकिने छ।

प्रकाशित: २५ श्रावण २०८० ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App