८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

बीवाईडीलाई पछि पार्दै टेस्ला

भारतीय अटो बजार

भारतीय अटो बजारमा चीनको संभावित नोक्सानीले अमेरिकी अर्बपति इलन मस्कलाई फाइदा हुने देखिएको छ। बृहत् स्तरमा इलेक्ट्रिक गाडी निर्माण गर्ने टेस्लाको प्रस्तावले भारतमा रेड कार्पेट स्वागत पाएको छ भने चीनको कम्पनी बिवाइडीको प्रस्ताव नयाँ दिल्लीको आशंकाका कारण अगाडि बढन सकेको छैन।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रहेको बिवाइडीसँग कुनै प्रतिस्पर्धा नगरी अटोबजारका लागि विश्वकै तेस्रो ठूलो बजार मानिएको देश भारतमा टेस्लाले प्रवेश पाउने देखिएको छ। उदाहरणका लागि थाइल्यान्डको बजारमा टेस्ला र बीवाइडी दुवै प्रतिस्पर्धा गरिरहेका छन्।

विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) का जस्मित खुराना भन्छन्, ‘भारतमा जुन कम्पनीले सफलता हात पार्नेछ त्यही कम्पनीले इलेक्ट्रिक गाडीको विश्वव्यापी प्रतिस्पर्धामा बाजी मार्नेछ।’

गत जुनमा यो लगानीको विषयमा न्युयोर्कमा इलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीच छलफल भएको थियो। टेस्लाले भारतमा २४ हजार अमेरिकी डलर पर्ने गाडी निर्माण गर्ने प्रस्ताव गरेको छ। न्युयोर्कमा भएको वार्तापछि पनि यो विषयमा दुवै राष्ट्रले लगातार छलफल जारी राखेका छन् र प्रधानमन्त्री मोदीले आफैंले यो विषयमा विशेष चासो राखेको बताइएको छ। यी बैठकमा भएका छलफल तथा सम्वद्ध फोटोहरू भने अझै सार्वजनिक गरिएको छैन।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रहेको बिवाइडीसँग कुनै प्रतिस्पर्धा नगरी अटोबजारका लागि विश्वकै तेस्रो ठूलो बजार मानिएको देश भारतमा टेस्लाले प्रवेश पाउने देखिएको छ।

चिनियाँ कम्पनी बीवाइडी भने एक कदम पछाडि हटेको देखिएको छ। भारतमा १ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्न अनुमति पाएको महिनौ बितीसक्दा पनि लगानी प्रक्रिया अगाडि बढाउन विवाइडी इच्छुक देखिएको छैन।

बिवाइडीले कम आयकर तिरेर आफ्ना गाडी भारतमा निर्यात गरेको विषयमा हाल छानबिन हुँदैछ।

यसैगरी चिनियाँ गाडी निर्माता कम्पनीसँग भारतले त्यति सहज महसुस नगरेको बताइएको छ। चीनले निर्माण गरेका गाडीले संकलन गर्ने तथ्यांक तथा सूचनाले भारतको राष्ट्रिय सुरक्षामा समेत प्रभाव पार्न सक्ने आशंका पनि गरिएको छ।

सन् २०२० मा दुई देशबीचको सीमाक्षेत्रमा झडप भएपछि चिनियाँ लगानीमा भारतले कडा निगरानी राखेको छ। विद्युतीय गाडीमा आवश्यक पर्ने व्याट्री तथा अन्य प्रविधिमा भने चीनको अन्तर्राष्ट्रिय वर्चस्व रहँदै आएको छ।

अमेरिकी कम्पनी टेस्लाले पनि चिनियाँ आपूर्तिकर्तासँग सरसामान खरिद गर्ने गरेको छ। यो कारणले सांघाइमा रहेको टेस्लाको कारखानाले सुपथ मूल्यमा गाडी निर्माण गरिरहेको छ। यस्तो अवस्थामा टेस्लाले चीनबाट यसप्रकारका सरसामान आयात गर्न सक्ने अवस्था विद्यमान छ।

बिवाइडीले कम आयकर तिरेर आफ्ना गाडी भारतमा निर्यात गरेको विषयमा हाल छानबिन हुँदैछ।

एप्पलले गरेझैं भारतमा रहेको कुनै स्थानीय फर्मसँग टेस्लाले साझेदारी गरेमा चीनसँगबाट आवश्यक सरसामान आयात गर्न छुट दिने भारतले जनाएको छ। भारतकै स्थानीय इन्जिनियरिङ फर्मसँग साझेदारी गर्न तयार रहेको बिवाईडीको १ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्तावप्रति भने भारत त्यति इच्छुक देखिएको छैन।

चीनको सरकारी स्वामित्वमा रहेको सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार यो विकासक्रमले भारतमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई दह्रो ठेस लाग्नेछ।

यो विषयमा जिज्ञासा राख्दा विवाइडीले कुनै प्रतिक्रिया दिएन। भारतमा १६ वर्षदेखि विवाइडी कम्पनी सक्रिय रहेको र भारतीय बजारमा यस कम्पनीका गाडीहरू बिक्री भैरहेको विवाइडीले जनाएको छ।

चीनको सरकारी स्वामित्वमा रहेको सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार यो विकास क्रमले भारतमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई दह्रो ठेस लाग्नेछ।

भारतीय अधिकारीहरूसँग टेस्लाले गरिरहेको वार्ताका प्रगतिको विषयमा टेस्लाले पनि पनि प्रतिक्रिया दिएन। मस्कले गत जुनमा ‘भारतमा यथेष्ट लगानी गरियोस् भन्ने प्रधानमन्त्री मोदीको चाहना पूरा गर्न आफू तयार रहेको,’ बताएका थिए।

भारतको ठूलो बजार

अमेरिकी कम्पनी टेस्लाले सन् २०३० सम्म विश्वमा २ करोड कार बेच्न चाहेको छ तर सांघाईमा रहेको कारखानालाई विस्तार गर्न अवरोध खेप्दै आएको छ।

सन् २०२२ मा कुल १८ लाख विद्युतीय गाडी बिक्री गरेर विश्वमा हाइव्रिड गाडी सर्वाधिक बेच्ने कम्पनी बिवाइडी बनेको छ। यी बिक्री भएका अधिकांश गाडी चीनमा बिक्री भएका हुन्। विद्युतीय गाडीको बिक्रीमा भने हरेक दृष्टिले टेस्ला अगाडि छ।

एस एण्ड पी ग्लोबल मोविलिटीका गौरव अग्रवाल भन्छन्, ‘टेस्लाले बिवाइडीसँग दह्रो प्रतिस्पर्धा गरिरहेको छ। यी दुवै कम्पनीले आफ्नो बजार विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढाएका छन्।’

यी दुवै कम्पनीले भारतमा ठूलो संख्यामा गाडी बेच्ने लक्ष्य राखेको र भारतले पनि यस्ता कम्पनीलाई सहुलियत दिएको उनी बताउँछन्।

सन् २०३० सम्म १ अर्ब ४० करोड हलुका खाले विद्युतीय गाडी उत्पादन गर्ने भारतको तयारी छ। सन् २०२२ मा भारतले कुल ५० हजार विद्युतीय गाडी निर्माण गरेको थियो। भारतको विद्युतीय गाडी बजारमा टाटा मोटर्सले आधिपत्य राखेको छ। यो कम्पनीले निर्माण गरेको टाटा निक्सन १९ हजार अमेरिका डलरमा उपलब्ध छ।

चिनियाँ कम्पनी एमजी मोटर्सको जेडएस इभीको मूल्य २८ हजार अमेरिकी डलर रहेको छ। यसैगरी बिवाइडीको एटो–३ को मूल्य ४१ हजार अमेरिकी डलर रहेको छ।

एस एण्ड पी ग्लोबल मोविलिटीका गौरव अग्रवाल भन्छन्, ‘टेस्लाले बिवाइडीसँग दह्रो प्रतिस्पर्धा गरिरहेको छ। यी दुवै कम्पनीले आफ्नो बजार विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढाएका छन्।’

यसैगरी टोयोटा मोटर, हुन्डाई र कियाका मध्यम खाले एसयुभी गाडीको मूल्य २४ हजार अमेरिकी डलर रहेको छ। यिनै कम्पनीसँग टेस्लाले प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

अटो फोरकास्ट सोलुसनका साम फिरोनी भन्छन्, ‘नामको दृष्टिले भारतमा टेस्ला लोकप्रिय देखिएको छ। यसलाई आधार मान्ने हो भने भारतीय बजारमा आधिपत्य जमाउन सक्ने देखिन्छ।’

प्रकाशित: २४ श्रावण २०८० ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App