१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुजुकीको जिम्नी र फ्रोन्क्स नेपाली बजारमा

नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु अब नेपाल बजारमा पाउने भएको छ।

कम्पनीका अनुसार नेपाली बजारमा साउन २२ गते सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स गाडी  हेर्न र  टेस्ट ड्राईभको लागि राखिने छ । सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङ अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोक्रप तथा सीजी एनएक्सटीजीइएलले सो एसयूभीहरु बुकिंङ्ग असार २९  देखिनै खुल्ला गरेको थियो ।कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ। जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९हजारबाट  र  फ्रोन्क्सको मूल्य  ३९ लाख ९९हजारबाट सुरु हुनेछन् ।  

प्रकाशित: २० श्रावण २०८० १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App