१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हुण्डाईको ‘ह्विल्स अफ चेन्ज’ एक्सचेन्ज अफर

नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्विल्स अफ चेन्ज’ एक्सचेञ्ज अफर योजना ल्याएको छ।

साउन १८ गतेबाट सुरु भएको उक्त योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज बिक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो। यसअन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरूसँग सहकार्य गरेको छ।

कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय (इन्धनयुक्त वा विद्युतीय) उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ। हुण्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी एक्सेन्ज अफर योजना ल्याएको उल्लेख गर्दै कम्पनीले उक्त योजना नेपालभरि नै लागु हुने जनाएको छ।

हुण्डाईको यो योजनाले ग्राहकलाई उपलब्ध विभिन्न मोडलहरूमा ५ लाखसम्मको नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८० ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App