१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

रोजगारका लागि सिप कार्यक्रम सम्पन्न

स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको अवसरमा हिप्को सुपरबिल्डमा रोजगारका लागि सिप कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा रोजगारका लागि सीप कार्यक्रम अन्तर्गत वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेशन बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। शिक्षा र रोजगारीलाई जोड्न निजीक्षेत्रले स्टिल फ्याब्रिकेसन सम्बन्धी तालिम तथा रोजगार दिने र वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजीले दक्ष विद्यार्थी पठाउनेबारेमा सम्झौता भएको हो।

सम्झौताले तालिम/व्यावसायिक शिक्षा र निजीक्षेत्र बीचको श्रम बजारको बेमेललाई कम गरी व्यवसायी तालिमलाई सोझै रोजगारसँग जोड्ने वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक निरज श्रीवास्तवले बताए।

कार्यक्रममा नेपाली कामदारले पनि निजीक्षेत्रको माग अनुसार तालिम पायो भने भारतलगायत अन्य मुलुकमा रहेको श्रमको निर्भरतालाई कम गर्ने र नेपाली कामदारले पनि उचित श्रम ज्याला र श्रम सम्मान पाउने वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।

कार्यक्रममा सय वर्षदेखि औद्योगिक इतिहास बोकेको दिवाकर गोल्छा कर्पोरेसनले अब समय सापेक्ष र दिगो रूपमा आर्थिक योगदानमा मात्रै सीमित नरही समग्रक्षेत्रमा दिगो रूपमा योगदान गर्दै जाने हुलास स्टिलका वित्तीय प्रमुख सुनिल मनौतले बताएका छन्। स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो।

प्रकाशित: १५ श्रावण २०८० ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App