२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णालीका ४ सय ४० जना पशुपालक कृषकलाई गोठालो भत्ता

कर्णाली प्रदेशका ४ सय ४० जना पशुपालन कृषकलाई गोठालो भत्ता पाएका छन्। कर्णाली प्रदेश सरकारले ४ सय ४० कृषक तथा गोठालोलाई ६८ लाख ७३ हजार वितरण गरेको हो।

कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको पशुपक्षी विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा कृषकलाई भत्ता वितरण गरिएको हो।निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पङ्गेनीका अनुसार गत आवमा हुम्ला, मुगु, जुम्ला र डोल्पामा कार्यक्रम लागु भएको थियो ‌। जस‌‌अन्तर्गत जुम्लाका २ सय २५ कृषकलाई ३३ लाख वितरण गरिएको छ,भने मुगुमा ५३ कृषकलाई १० लाख ५० हजार वितरण गरिएको छ।यस्तै डोल्पामा ५३ कृषकलाई ९ लाख ५४ हजार र‌ हुम्लाका १ सय ९ कृषकलाई १५ लाख ६९ हजार रकम वितरण गरिएको छ ।

कृषकलाई व्यावसायिक रूपमा पशुपालनतर्फ अग्रसर गराउनमा लागि गोठालो भत्ता कार्यक्रम ल्याएको थियो ।कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।आर्थिक वर्ष ०७८/०७९ देखि लागु‌ भएको यो कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागु गर्ने भनिए पनि गत आवमा साबिक कर्णालीका चार वटा जिल्लाहरूमा मात्र दिइएको छ।

प्रकाशित: १० श्रावण २०८० १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App