३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई विचार गर्दै टाटाका जेन्युइन पार्टस्हरूको मूल्य समायोजन गरेको छ।

हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन् पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो। अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्टसहरू प्राप्त गर्नेछन्।

समायोजित मूल्य यही साउन महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क-सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ।

प्रकाशित: १० श्रावण २०८० ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App